सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :चर्च ब्वाइज क्लब ११औँ फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३–१ गोलअन्तरले हराउँदै चर्च ब्वाइजले फाईनलमा स्थान सुरक्षित गरेको हो । आयोजक फिदिमले सुरुवाती अग्रता लिएपनि जित निकाल्न भने सकेन ।
खेलको ४३औँ मिनेटमा दिनेश शेर्माले गोल गर्दै फिदिम लाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याएका थिए । खेलको ६२औँ मिनेटमा अर्मान्ड बेडुमले चर्च ब्वाइजकालागि दोस्रो गोल थपे ।
खेलको ८४औँ मिनेटमा फोफोना अबयोमीले अर्को गोल थपेपछि आयोजक फिदिम ३–१ ले पराजित हुन पुगेको हो । चर्च ब्वाइजले उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीचको विजेतासंग खेल्नेछ ।
दोस्रो सेमिफाइनल भोली हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १० लाख ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।