ADD FOR WEBSIDE ADD FOR WEBSIDE

वेस्ट इन्डिविरुद्धको सिरिज भारतद्वारा क्लीन स्वीप

शुक्रबार, पुस १२, २०८१

काठमाडौँ :भारतीय महिला टोलीले वेस्ट इन्डिविरुद्धको एकदिवशीय सिरिज क्लीन स्वीप गरेको छ ।

शुक्रवार भएको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै भारतले सिरिज ३–० ले कब्जा गरेको हो । जितकालागि वेष्टइण्डिजले दिएको १६३ रनको लक्ष्य भारतले २८.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । भारतको जितमा दीप्ती शर्माले अलराउन्ड प्रदर्शन गरिन् । उनले अविजित ३९ रन बनाएर ६ विकेट लिईन । उनी खेलको प्लेयर अफ द म्याच चुनिए । कप्तान हरप्रिति कौरले ३२ रन बनाईन् ।

त्यसअघि बडोदराको कोटाम्बी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ३८.५ ओभरमा १६२ रन बनाएको थियो । खेलको पहिलो ओभरमै रेणुका सिंहले दुवै ओपनरलाई आउट गरिन् । केयाना जोसेफ र हेली म्याथ्युज खाता नखोल्दै आउट भए । टोलीका लागि शिनेल हेनरीले सर्वाधिक ६१ रन बनाएकी थिइन् । शमाइन क्याम्पबेलले ४६ रन बनाइन् ।

भारतका लागि दिप्ती शर्माले ६ तथा रेणुका सिंहले ४ विकेट लिइन् ।भारतीय टोलीले पहिलो खेल २११ रनले र दोस्रो खेल ११५ रनले जितेको थियो । तीन एकदिवसीय खेलमा १० विकेट लिने रेणुका सिंह ठाकुर प्लेयर अफ द सिरिज भइन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १९:४१
प्रतिक्रिया दिनुहोस्