सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल क्रिकेट संघ क्यानले पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।
फेस्टिबल अफ हिमालयज भन्ने नाराका साथ घरेलु मैदानमा सञ्चालन भएको नेपाली क्रिकेट ईतिहासकै ऐतिहासिक प्रतियोगिता सफलतापूर्बक सम्पन्न भएको गौरवान्वित भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।
क्यानको ड्रिम प्रोजेक्टका रुपमा यस प्रतियोगितालाई सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नु हुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व–प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद (राखेप), ८ फ्रेन्चाइज टिमका मालिकहरू प्रति क्यानले आभार प्रकट गरेको छ ।
लामाले अशनिवार समाजिक सञ्जाल मार्फत लेख्दै सम्पूर्ण प्रायोजकहरू, खेलाडीहरू, सञ्चारकर्मीहरू, सुरक्षाकर्मीहरू, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने महानुभावहरू, आम क्रिकेटप्रेमी शुभेच्छुकहरू, र प्रतियोगिता अवधिभर भौतिक रूपमा उपस्थित हुनु हुने वा विभिन्न माध्यमबाट प्रतियोगितालाई नियाल्नु हुने दर्शकप्रति समेत विशेष आभारसहित धन्यवाद व्यक्त गरेका छन् ।
उनले प्रतियोगिताका विजेता जनकपुर बोल्ट्स र उपविजेता सुदूरपश्चिम रोयल्स लगायत सबै सहभागी टिमलाई विशेष शुभकामना समेत दिएका छन् । निकै ठूलो चुनौती र सीमित स्रोत–साधनका बाबजुद, भव्य सफलतासहित सम्पन्न भएको यस प्रतियोगितामा तपाईंहरूको माया र साथले नेपाललाई क्रिकेटको माध्यमबाट विश्व मञ्चमा चिनाउन मात्र नभई देशको अर्थतन्त्र, पर्यटन, खेलकुद, र उद्यमशीलतालाई समेत प्रोत्साहन गरेको छ भन्ने विश्वास लिएको उनले लेखेका छन् ।
भविष्यमा यस लिगलाई विश्वकै उत्कृष्ट लिगहरूमध्ये एक बनाउन क्यान प्रतिबद्ध रहेको उनको भनाई छ ।