सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल भलिबल संघ (एनभिए)को साधारणसभा सिन्धुपाल्चोकमा हुने भएको छ ।
संघले आइतबार एक बिज्ञप्ती जारी गर्दै ११औं साधारणसभा माघको ६ गते सुकुटे बजारमा गर्ने तय भएको जनाएको हो । जितेन्द्रबहादुर चन्दको अध्यक्षमा बस्ने साधारणसभाले वार्षिक कार्यप्रगति, आगामी योजना लगायतका बिषयमा छलफल हुनेछ ।
साधारणसभामा आर्थिक प्रतिवेदनसहित वित्तीय विवरण पारित गर्ने तथा लेखा परिक्षक नियुक्ती साथै पारिश्रमिक निर्धारण गर्ने जनाइएको छ ।