सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अन्तराष्ट्रिय क्रिकेट परिष्द आइसीसीले टी–२० क्रिकेटर अफ द इयरको मनोनयन सार्वजनिक गरेको छ ।
टी–२० विश्वकपमा गरेको प्रदर्शनका आधारमा आईसीसीले चार जना खेलाडीलाई मनोनयनमा राखेको हो ।जसमध्ये अष्ट्रेलिया, भारत ,पाकिस्तान र जिम्बाब्वेका एक–एक जना क्रिकेटर रहेका छन् । भारतका सबै खेलाडीलाई पछि पार्दै ३६ बर्षिय क्रिकेटर अर्शदिप सिं मनोनयनमा पर्न सफल भएका छन् । १८ ओटा खेल खेलेका उनले कूल ३६ विकेट लिएका थिए ।
जिम्बावेका सिकन्दर राजा पनि बनोनयनका परेका छन् । २४ खेल खेलेका उनले ५७३ रन जोडेका छन् । अष्ट्रेलियाका ट्राभिस हेडपनि आईसीसीको मनोनयनमा परेका छन् । ३८ बर्षिय उनले १५ खेल खेल्दा ५३९ रन बटुलेका छन् ।
यस्तै पाकिस्तानका बाबर आजम पनि आईसीसीको मनोनयनमा परेका छन् । २४ खेल खेलेका उनले ७३८ रन बनाएका छन् ।