ADD FOR WEBSIDE ADD FOR WEBSIDE
प्रधानमन्त्रीको आश्वासन

खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउँछुः प्रधानमन्त्री

बुधबार, चैत २१, २०८०

काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्ने पक्षमा आफू रहेको पनि बताए ।

उनले पुरस्कार दिन बाँकी रकम तत्काल निकासा हुने बताउँदै नेपालका लागि खेल क्षेत्र असाध्यै धेरै सम्भावना भएको क्षेत्र रहेको उल्लेख समे गरे । उनले खेलकुद गतिविधिमार्फत ठूलाठूला युद्ध र मानव सिर्जित विपत्तिहरु समाधान भएको बताए ।

 

उनले नेपाल सरकार खेलकुद क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरु प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न र संस्थागत तथा संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध रहेको जिकिर गरे । प्रधानमन्त्री दाहालले निकट भविष्यमा कतारका राजाले नेपाल भ्रमण गर्न लागेको जानकारी गराउँदै भ्रमणलाई लक्षित गर्दै सरकारले क्षेत्र—क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा सम्झौताको तयारी गरिरहेको पनि बताएका छन् ।
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २२:०३
प्रतिक्रिया दिनुहोस्