ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल :

गुजरात बन्यो प्लेअफबाट बाहिरिने तेस्रो टोली

वर्षाका कारण कोलकातासंगको खेल रद्ध
सोमबार, वैशाख ३१, २०८१

काठमाडौँः गुजरात टाईटन्स ईण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटको प्लेअफबाट बाहिरिएको छ । वर्षा बाधकबन्दा खेल रद्ध भएपछि कोलकाता नाईट राईडर्स र गुजरात टाईटन्सले १–१ अंक बाँडेका हुन् ।  

नरेन्द्रमोदी स्टेडियममा सोमबार साँझ ७ः४५ बजेका लागि खेलको समय निर्धारण भएपनि राती ११ बजेसम्म निरन्तरको वर्षा नरोकिएपछि खेल अन्तिम समयमा रद्ध भएको थियो । अंक बाँडेसंगै शिर्षस्थानमा रहदैँ प्लेअफमा पुगिसकेको कोलकाताको १९ अंक भएको छ । १३ खेलबाट ११ अंक सहित ८ औँ स्थानमा रहेको गुजरात प्लेअफको होडबाट बाहिरिने तेस्रो टोली बनेको छ ।

यसअघि नै मुम्बई र पञ्जाव प्लेअफबाट बाहिरिसकेका छन् । प्रतियोगिता अन्तर्गत मंगलवार दील्ली क्यापीटल्स र लखनाउ सुपर जायन्टसबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  २३:१८
प्रतिक्रिया दिनुहोस्