सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :पाकिस्तानबीरुद्धको पहिलो टेस्टमा दक्षिण अफ्रिकाले शानदार जित दर्ता गरेको छ ।
जितसँगै दक्षिण अफ्रिका सन् २०२५ मा हुने विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी)को फाइनलमा पुगेको छ । पहिलो टेस्टमा पाकिस्तानलाई दक्षिण अफ्रिकाले २ विकेटले पराजित गरेको हो । कुनै बेला ८ विकेट गुमाएर निकै धारासायी अबस्थामा रहेको दक्षिण अफ्रिकाले रोमाञ्चक जित निकालेको हो । त्यतिबेला दक्षिण अफ्रिकालाई जितकालागि ५० रनभन्दा बढी आवश्यक थियो । बलर मार्को यान्सेन र कागिसो रबाडाले बुद्धिमत्तापूर्ण ब्याटिङ गर्दै टोलीलाई फाइनलमा पुर्याएका हुन् । तेस्रो दिनको खेल समाप्त हुँदा दक्षिण अफ्रिकालाई जितका लागि १२१ रन आवश्यक थियो ।
यस अवधिमा उसले ३ विकेट गुमाएको थियो । चौथो दिनको खेलमा एडेन मार्कराम २२ रन बनाएर ब्याटिङमा आए पनि ३७ रन बनाएर पवेलियन फर्किएका थिए । टेम्बा बाभुमाले ४० तथा डेभिड बेडिङहमले १४ रन बनाएका थिए । पाकिस्तानका लागि मोहम्मद अब्बासले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए ।
अब्बासले टोनी डिजर्ज, एडेन मार्कराम, ट्रिस्टन स्टब्स, टेम्बा बाभुमा, डेभिड बेडिङहम र कोर्बिन बोसलाई आउट गरेका थिए । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने दक्षिण अफ्रिको पहिलो टोली बनेको छ ।
भारत र अष्ट्रेलियामध्ये एक टोली फाइनलमा पुग्नेछ ।