सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:११ औं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले हात पारेको छ ।
आज भएको फाईनलमा मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै चर्च ब्वाईजले उपाधि कब्जा गरेको हो । फिदिम माविको मैदानमा भएको फाइनलमा निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको नतिजा पेनाल्टी शुटआउटबाट लिईएको हो ।
पेनाल्टी सुटआउटमा चर्च ब्वाइजले मछिन्द्रलाई ५–४ गोलले पराजित गरेको हो । उपाधिसँगै १० लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार हात पारेको छ भने उपविजेता मच्छिन्द्रले पाँच लाख पाँच ५५ रुपैयाँमा चित्त बुझाएको छ ।
प्रतियोगितामा ए डिभिजन लिगका चारसहित १० टोली सहभागी थिए ।