सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले एक दिवशीय क्रिकेटबाट सन्यास लिने भएका छन् ।
अष्ट्रेलियामा जारी बोर्डर–गावस्कर ट्रफीका क्रममा भारतले खराब प्रदर्शन गरेपछि आलोचनाको घेरामा तानिएका शर्माले सन्यान लिने तयारी गरेका हुन् । भारतले बोर्डर–गावस्कर ट्रफी जित्न नसकेपछि रोहित विरुद्ध आक्रोस समेत बढिरहेकाबेला उनले सिरिज सकिएलगत्तै सन्यास लिन लागेका हुन् । घरेलु टोली अस्ट्रेलियाले चौथो टेस्टमा भारतलाई १८४ रनले हराएको छ ।
मेलबर्नमा अस्ट्रेलियाले दिएकोे ३४० रनको लक्ष्य पछ्याएको भारत १५५ रनमै समेटिएको थियो । भारत १३ वर्षपछि मेलबर्न टेस्टमा पराजित भएको हो । यसअघि भारतले सन् २०११ मा हार बेहोरेको थियो । अस्ट्रेलियाविरुद्धको सिरिजको ५ इनिङ्समा उनले मात्र ३१ रन बनाएका छन् ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईका शीर्ष अधिकारीहरूले रोहितसँग कुरा गरिसकेका छन् । तर उनले आफ्नो निर्णय परिवर्तन नगर्ने अडान लिएका छन् । सन्यासको मिति भने खुलाइएको छैन । तर रिपोर्टका अनुसार रोहितले सिड्नी टेस्टपछि आफ्नो टेस्ट करियरको अन्त्य गर्न सक्नेछन् ।
मेलबर्न टेस्टको पराजयपछि कप्तान शर्माले यो हारले आफूलाई दुखेको बताएका थिए ।