ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सन्दीप लामिछानेको पुनरावेदनमाथिको सुनुवाई आज

होला त फैसला ?
मंगलबार, जेठ १, २०८१

काठमाडौँ  : बलात्कार मुद्दाका अभियुक्त एवम् क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमाथि मंगलवार उच्च अदालत पाटनमा सुनुवाई हुँदैछ ।

यसअघि वैशाख २३ गते पेशी चढेपनि त्यसअघि विपक्षी झिकाउने आदेश भएकै इजलासमा परेपछि हेर्न नमिल्नेमा परेको थियो । पटक पटक पेशीमा चढेर सुनुवाई स्थगित हुँदै आउँदा क्रिकेटर लामिछाने टी-२०विश्वकप खेल्न अमेरिका जाने मौका गुमाएका थिए । 
सन्दीपको मुद्दामा पटक पटक सुनुवाई स्थगित हुँदै आउँदा उनका समर्थकहरु दिनहुँजसो राजधानीको सडकमा प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले सन्दीपलाई न्याय दिन र विश्वकप खेल्न पठाउन माग गर्दै काठमाडौं माईतीघरमा प्रदर्शन गर्दै आएका छन् । 
सोमवारमात्रै सर्वोच्च अदालतको गेटमा सन्दीपलाई न्यायमाग्दै पुगेका एक युवा पक्राउ परेका थिए । सन्दीपको मुद्दामा पेशी तोकिएपनि न्यायधीशहरुले सुनुवाई गर्न पन्छिँदै आएको नजिरले गर्दा सोमवारपनि सुनुवाई शुरु हुनेमा सन्दीपका समर्थकहरुले आशंका गरेका छन् । 
सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा ८ वर्ष कैद र जरिवाना र क्षतिपुर्ति गरी ५ लाख रुपैंया हुने फैसला सुनाएको छ। जिल्लाको फैसलाविरुद्ध लामिछाने पुनरावेदन लिएर उच्च अदालत पाटन पुगेका हुन्।  उनको पक्षमा उच्च अदालतमा वरिष्ठ न्यायधीश रामनारायाण विडारीसहितका चर्चित कानुन व्यवसायीहरुले बहस गर्दैछन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्