सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : भोली देखि बुटवलमा सुरु हुने मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको छ ।
बुटवलमा आज आयोजित ट्रफी सार्वजनिक कार्यक्रममा अध्यक्ष ध्रुव आचार्यले तयारी पूरा भएको जानकारी दिएका हुन् । प्रतियोगिताको मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले रामनगर खेल मैदानमा बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।
एकेडेमीको १६औँ स्थापना दिवसको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा तीन ओटा विभागिय टोलीसहित आठ टोलीले पसहभागिता जनाउनेछन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, एपिएफ क्लब र नेपाल त्रिभुवन आर्मी सहित भारतको गुजरात प्रदेश भलिवल एसोसिएसन,मणिमुकुन्द भलिवल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र, गल्कोट भलिबल क्लबले खेल्नेछ । विजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
दोस्रो हुनेले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार तथा चौथो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।