ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सन्दीपको पुनरावेदनमा सुनुवाई शुरु

मंगलबार, जेठ १, २०८१

काठमाडौँ :  क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाई सुरु भएको छ । 


उच्च अदालत पाटनका न्यायधीशहरु सुदर्शनदेव भट्ट र अन्जु उपे्रतीको इजलासमा सुनुवाई शुरु भएको हो ।
अग्राधिकार दिएपनि पटक पटक सुनुवाई स्थगित हुँदैआएको मुद्दामा सुनुवाईमा मंगलबार सरकारी वकिलको पक्षले बहस थालेका छन् । अदातलको खाजा समयपछि सन्दीप पक्षका कानून व्यवसायीले प्रतिरक्षा बहसको पालो आउने सम्भावना छ । 

मुद्दामा न्यायाधीशले कुनै आदेश दिएनन् भने आज वा भोलि फैसला आउन सक्नेछ । यसअघि वैशाख १०, १६ र २३ गते तोकिएको पेशी स्थगित भएको थियो ।


 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्