सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
मेलम्ची : सिन्धुपाल्चोकको मेलम्चीमा खुल्ला राष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ ।
नेपाल गोजु–रियो कराँते–दो सघं शाखा डोजो मेलम्चीको आयोजनामा यहि माघ ४ र ५ गते दुई दिन मेलम्चीमा राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता हुन लागेको आयोजक समितिका संयोजक एवम् नेपाल गोजु–रियो कराँते–दो सघंका केन्द्रिय सचिव सानुबाबु गिरीले स्पोर्टस हबलाई जानकारी दिए ।
मेलम्ची नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र युवा पुस्तालाई खेल क्षेत्रमा आकर्षित गराउने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।
प्रतियोगितामा ७ वटै प्रदेशबाट २ सय पुरुष र १५० महिला गरी झण्डै ३५० जना खेलाडीहरुले सहभागिता जनाउने छन् । ४० इभेन्टमा कूल १६० पदकको लागि प्रतिस्पर्धा हुने गिरीले जानकारी दिए ।
२०६७ सालमा स्थापना भएको यस डोजोले मेलम्ची नगरपालिकामा मेयर कप कराँते तथा राष्ट्रिय स्तरको कराँते प्रतियोगिता सम्पन्न गरिसकेको छ ।
मेलम्ची नगरपालिकाबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी गराई पदक समेत जित्न सफल यस डोजोको सहकार्यमा मेलम्ची नगरपालिकाभित्रका ३ स्थानमा नियमित रूपमा कराँते प्रशिक्षण भइरहेका छन् ।
केहि समय भित्रै सिन्धुपाल्चोक जिल्लाका सबै पालिकामा दोजो स्थापना गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको नेपाल गोजु–रियो कराँते–दो सघंका केन्द्रिय सचिव सानुबाबु गिरीले बताए ।