सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : एन्फा महिला लिग फुटबलमा बिभागिय टोली त्रिभुवन आर्मी क्लबले बिजयी सुरुवात गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा बागमती युथ क्लबविरुद्ध २–० को जित निकाल्दै आर्मीले विजयी सुरुवात गरेको हो । आर्मीको जितमा दुवै गोल बिमला चौधरीले गरिन् ।
गत भदौमा भएको दोस्रो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणमा पुगेका हुन् ।
अन्तिम चरणका लागि छनोट भएको कोशी प्रदेशले आर्थिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि बागमती युथ क्लबले अन्तिम चरण खेल्ने अवसर पाएको हो ।
प्रतियोगितामा बिभागिय तीन टोली नेपाल पुलिस, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबसंगै वालिङ नगरपालिका र बागमती युथ क्लब सहभागि छन् । माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा कूल २४ खेलहरु हुनेछन् ।