सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अस्ट्रेलियाविरूद्धको पाँचौ टेस्टमा भारत १८५ रनमै अलआउट भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारत पहिलो दिनको खेल नसकिदै अलआउट भएको हो । भारतका लागि ऋषव पन्तले सर्वाधिक ४० रन बनाए । रवीन्द्र जडेजाले २६ रन बनाउँदा शुभमन गिल २० र विराट कोहलीले १७ रन बनाए ।
बलिङमा अस्ट्रेलियाका स्कट बोलान्डले ४ विकेट लिए भने मिचेल स्टार्कले ३ विकेट लिए । पाट कमिन्सले २ विकेट र नाथान लियोनले १ विकेट हात पारे ।
आज नै आफ्नो पहिलो इनिङ्ग्स ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो विकेट गुमाउँदा दिनको खेल सकिएको छ । उस्मान ख्वाजा २ रनमा आउट भएका छन् साम कन्स्टास ७ रनमा खेलिरहेका छन् ।