karate championship karate championship

अष्ट्रेलियासंगको पाँचौं टेस्टको बीचमै बुमराहले मैदान छाडे

शनिबार, पुस २०, २०८१

काठमाडौँ :अष्ट्रेलिया र भारतबीच सिड्नीमा भइरहेको पाँचौं टेस्ट म्याचको बिचमा भारतीय फास्ट बलर जसप्रित बुमराहले मैदान छाडेका छन् ।  

समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय कप्तान जसप्रित बुमराहलाई स्क्यानिङका लागि स्टेडियमबाट बाहिर निकालिएको हो । उनको अनुपस्थितिमा टोलीको नेतृत्व विराट कोहलीले गर्नेछन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनी कारमा बसेर बाहिर निस्किरहेको देखिन्छ । बुमराहले स्टेडियम छोडेको बारे आईसीसीले आफ्नो एक्स ह्यान्डलमा पनि लेखेको छ । खाजापछिको दोस्रो सत्रमा बुमराहले एक ओभर मात्रै बलिङ गरेपछि मैदान छाडेका थिए ।

यसअघि चोटको डर थियो र उनको बलिङको गति पनि सुस्त थियो । अस्ट्रेलियासँगको पाँच खेलको सिरिजमा भारत १–२ ले पछि परेको छ । मेलबर्नमा भएको चौथो टेस्ट म्याचमा भारतका अनुभवी ब्याट्सम्यानलाई सस्तोमा आउट गरेको कारण भारतीय टोलीको निकै आलोचना भएको थियो ।

यसपछि तीन खेलमा कप्तानी गरेका रोहित शर्माले सिड्नी टेस्टका लागि आफ्नो नाम फिर्ता लिएका थिए ।  उनको स्थानमा जसप्रित बुमराहलाई कप्तान बनाईएको थियो ।
 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्