सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इङ्लिस प्रिमियर लिग फुटबलमा आज विभिन्न छ खेलहरू हुने भएका छन् ।
नेपाली समयअनुसार बेलुकी सवा छ बजे हुने पहिलो खेलमा न्युक्यासल र टटनह्याम बीच प्रतिस्पर्धा हुनेछ । पाँचौं स्थानको न्युक्यासल आज टटनह्यामलाई हराउँदै चेल्सीसँग अङ्क बराबरी गर्ने योजनामा छ ।
एघारौँ स्थानको टनह्याम पनि आज न्युक्यासललाई हराउँदै अङ्कतालिकामा परिवर्तन गर्ने सोचमा छ । राति पौने ९ बजे अन्य पाँच खेलहरू हुने भएका छन् ।
एस्टन भिल्ला र लेस्टर सिटी बीच प्रतिस्पर्धा हुनेछ । राति पौने ९ बजे बर्नेमाउथ र एभर्टनबीच प्रतिस्पर्धा हुँदा एस्टन भिल्ला र लेस्टर सिटी, क्रिस्टल प्यालेस र चेल्सी तथा साउथ ह्याम्पटन र ब्रेनफोर्ड बीच पनि प्रतिस्पर्धा हुँदैछ । सोही समयमा म्यान्चेस्टर सिटी र वेस्टह्याम बीच प्रतिस्पर्धा हुनेछ ।
जारी लिगमा १८ खेलबाट १४ मा जीत ३ मा हार र एकमा बराबरीसँगै ४५ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा छ । ३९ अङ्कसहित आर्सनल दोस्रो स्थानमा रहँदा नटिघंम फरेस्ट ३७ अङ्क सहित तेस्रो स्थानमा छ ।
३५ अंकको चेल्सी चौथो तथा न्युकसल ३२ अंक सहित पाँचौं स्थानमा छ ।