ADD FOR WEBSIDE ADD FOR WEBSIDE

विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा

मंगलबार, जेठ १, २०८१

काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले युएईविरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । 
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार २८ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपालले युएईसंगको खेल घरेलु मैदानमा खेल्नुपर्ने भएपनि एक मात्र दशरथ  रंगाशालाले अन्तराष्ट्रिय मान्यतता गुमाउने भएपछि न्युट्रल भेन्युमा खेलाउने तयारी एसियाली फुटबल महासंघ (एएफसी) को छ  । 
अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै यसअघिका खेल पनि नेपालमा खेलाईएको थिएन ।  नेपाल र युएइबीच यहि जेठ २४ गते दशरथ रंगशालामा प्रतिस्पर्धा हुनुपर्ने तालिका भएपनि मैदानको अवस्था, फ्लटलाइट र सुरक्षाको कारण देखाउँदै (एएफसी) ले नेपालमा खेल गराउन मानेको छैन । खराब अबस्थामा गुज्रेपछि दशरथ रंगाशालाको स्वामित्व एन्फाबाट राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खोसेको छ । 

यस्तो छ नेपालको २८ सदस्यीय प्रारम्भिक टोली :


गोलकिपरः अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ, सन्तोष महत
डिफेन्डरः अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ ।
मिडफिल्डरः भरत खवास, लाखेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, बसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की, सुमित श्रेष्ठ ।
फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्