सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :तेक्वान्दोकी पलेशा गोबर्धनले वर्ष उत्कृष्ट पारा खेलाडी अवार्ड हात पारेकी छन् ।
शनिवार तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिर परिसरमा भएको १९ औं एनएनआइपिए स्पोर्टस अवार्डमा तेक्वान्दोकी गोबर्धनले वर्ष उत्कृष्ट पारा खेलाडी घोषित भएकी हुन् । यस्तै उसुका विजय सिन्जाली र करातेकी एरिका गुरुङ सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित हुँदा तेक्वान्दोका अश्विन राउत र कबड्डीकी मानमति विष्टले प्रतिभाशाली खेलाडी अवार्ड हात पार्न सफल भए ।
गजराज जोशी आदर्श खेल व्यक्तित्व सम्माबाट एथलेटिक्सका रघुराज वन्त सम्मानित भएका छन् । एनएनआईपीए खेल पत्रकारिता पुरस्कार सरिता श्रेष्ठ ले हात पारिन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) आयोजनामा भएको अवार्ड कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टलगायत सहभागि थिए ।