सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :जय ट्रफि पुरुष एलिट कप क्रिकेटमा नेपाल पुलिस त्रिभुवन आर्मीविरुद्ध १८ रनले पछि परेको छ ।
नारायणी क्रिकेट मैदान बिरगंजमा जारी खेलको पहिलो दिनको समाप्तीमा पुलिसले ७ विकेट गुमाउँदा १०३ रनको स्थितिमा छ । पुलिसकालागि गुल्शन झा ३४ तथा प्रेम तामाङ १ रन बनाएर खेलिरहेका छन् । अमित श्रेष्ठले १८ रन बनाउँदा रशिद खानले १६ तथा लिलिपनाथले १० रन बनाएका छन् । कुशल भुर्तेल र अर्जुन सायदे खातानै खोल्न सकेनन् ।
बलिङतर्फ शाहव आलमले सर्वाधिक ५ विकेट लिएका छन् । टस हारेपछि पुलिसरुद्ध सुरुवाती ब्याटिङ थालेको आर्मीले दिनको पहिलो इनिङमा १२१ रनमा समेटिएको थियो ।
आर्मीले ३४.४ ओभरमा सवै विकेट गुमाएर १२१ रन मात्रै बनाउन सक्यो । उसकालागि कुशल मल्लले सर्वाधिक २५ रन बनाए । भिम सार्कीले २२ तथा कप्तान बिनोद भण्डारीले २१ रन बनाए ।
बिबेक यादब र तिर्थराज दासले खाथा नै खोल्न सकेनन् ।