ADD FOR WEBSIDE ADD FOR WEBSIDE

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा तीनै तहका सरकार लाग्ने

खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता
मंगलबार, जेठ १, २०८१

काठमाडौँ :  सरकारले गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण तीनै तहको साझेदारीमा अघि बढाईने घोषणा गरेको छ ।


आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारलेचितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण तीनै तहको साझेदारीमा अघि बढाईने घोषणा गरेको हो ।

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको मुलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिइने घोषणा गरे ।

खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राख्ने घोषणा गर्दै  उनले कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिसहित थप निर्माण कार्य प्राथमिकताका साथ अगाडी बढाईने समेत घोषणा गरेका छन् ।
नीति कार्यक्रममा विद्यालयस्तरका शिक्षक र विद्यार्थीलाईपनि खेलकुद तालिम दिइने भनिएको छ । बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता सञ्चालन गरिने, खेल क्षेत्रमा महिला सहभागिता बढाईने, खेलाडीको सम्मान र वृत्ति विकासका लागि विशेष कार्यक्रम कार्यन्वयन गरिने सरकारको योजना छ । साथै अन्तराष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा विजयी नेपाली खेलाडीलाई पुरस्कृत तथा सम्मान गर्नुका साथै जीवन निर्वाह भत्ताको व्यवस्था गरी उनीहरुको मनोबल उच्च राख्ने घोषणा सरकारले गरेको छ ।


यस्तै, सबैका लागि खेलकुद तथा योग अभ्यासको अवसर सिर्जना गर्ने, नेपालको मौलिक एवम्  परम्परागत खेलहरुको प्रबर्दन गर्न तथा प्रतिभावना खेलाडीको खोजी गर्न राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 
अन्तराष्ट्रिय खेलकुदमा नेपालको सहभागीता बढाउँदै आधुनिक प्रविधियुक्त स्पोर्टस्को अन्तराष्ट्रियस्तरका प्रतियोगिता आयोजना गरिने योजना सरकारले मंगलबार सार्वजनिक गरेको हो ।

हेर्नुहोस् :सरकारको नीति तथा कार्यक्रमको (पूर्णपाठ )

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्