सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँमा :जारी एन्फा महिला राष्ट्रिय लिग फुटबलमा आज सशस्त्र प्रहरीको एपिएफ र स्याङ्जाको वालिङबीच प्रतिस्पर्धा हुँदैछ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुने खेलमा दुबै टोली जित निकाल्दै अंकतालिकामा बलियो स्थितिमा पुग्ने दाउमा छ ।
आइतवार भएको खेलमा बिभागिय टोली नेपाल आर्मी र नेपाल पुलिस क्लबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । गत भदौमा भएको दोस्रो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणमा पुगेका हुन् ।
अन्तिम चरणका लागि छनोट भएको कोशी प्रदेशले आर्थिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि बागमती युथ क्लबले अन्तिम चरण खेल्ने अवसर पाएको हो ।
प्रतियोगितामा बिभागिय तीन टोली नेपाल पुलिस, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबसंगै वालिङ नगरपालिका र बागमती युथ क्लब सहभागि छन् । माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा कूल २४ खेलहरु हुनेछन् ।