सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :जय ट्रफी मेन्स एलिट कप दुईदिवशीय क्रिकेटको दोस्रो दिनको खेलमा त्रिभुवन आर्मीले पुलिसविरुद्ध १७१ रनको अग्रता लिएको छ ।
दोस्रो इनिङमा पहिले ब्याटिङ थालेको आर्मीले ५३ ओभर खेल्दै सवै विकेट गुमाएर १७५ रन बनायो । उसकालागि सोमपाल कामीले अविजित रहँदै सर्वाधिक ८२ रनको योगदान गरे । तिर्थराज दासले ३४ ,भिम सार्कीले १५ तथा बिवेक यादवले ११ रन बनाएपनि अन्य ब्याटरले दोहोरो अंकको रन छुन सकेनन् । कुशल मल्ल २ तथा बिनोद भण्डारीले १ रन जोडे ।
आर्मीलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । गुल्शन झाले ३ तथा ललित राजवंशीले दुई विकेट हात पारे । राशिद खानको नाममा एक विकेट रह्यो । पहिलो दिन नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लब १८ रनले अगाडि थियो ।
वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा पहिलो दिनको समाप्त हुँदा १०३ रन बनाएर ७ विकेट गुमाएको पुलिसले १२५ रन मात्रै बनाउन सक्यो । १७२ रनको लक्ष्य पछ्याएको पुलिसले अहिले जवाफी ब्याटिङ गरिहेको छ ।