SONAM WEAR SONAM WEAR

मदन भण्डारी गोल्डकप :आज सेमिफाइनलका दुई खेल हुँदै

मंगलबार, पुस २३, २०८१

काठमाडौँ :मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा आज सेमिफाइनलका खेलहरु हुने भएका छन् ।

आज हुने पहिलो सेमिफाइनलमा बिभागिय टोली नेपाल पुलिस र गुजरात स्टेटबीचप्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो १२ बजे बुटवल उपमहानगरपालिका १० स्थित रामनगर खेल मैदानमा हुनेछ । गुजरात समुह उपबिजेताको रुपमा सेमिफाईनलमा पुगेको हो ।

शनिवार भएको खेलमा गुजरातल गल्कोट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफानलको टिकट काटेको हो । यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी र  मनिमुकुन्दबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । आईतवार भएको सशस्त्र प्रहरीको एपिएफलाई ३–१ सेटमा हराउँदै आर्मीले समुह बिजेतको रुपमा सेमिफाईनलमा स्थान बनाएको हो ।

विजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो हुनेले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार तथा चौथो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०५:२५
प्रतिक्रिया दिनुहोस्