सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
क्यानले सोमवार जारी गरेको तालिका अनुसार माघ १ गतेबाट सुरु हुने प्रतियोगिता १२ गते सम्म चल्नेछ । प्रतियोगितामा कूल ९ टोलीले सहभागिता जनाउने छन् । नौ टोलीलाई दुई समुहमा बिभाजन गरिएको छ ।समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेश र एपिएफ छन् । यसैगरी समूह ‘बी’ मा बागमती, मधेश, कोशी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब छन् । आर्मीले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउन लागेको क्यानले जनाएको छ ।
माघ १ गते बिहान ९ बजे हुने उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेश भिड्ने भएका छन् ।सोही दिन दिउँसो १ बजे सुरु हुने खेलमा विभागीय टोली नेपाल एपिएफ क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेश र एपिएफ छन् ।
यसैगरी समूह ‘बी’ मा बागमती, मधेश, कोशी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब छन् ।सममूह चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् ।
फाइनल खेल माघ १२ गते हुने क्यानले जनाएको छ ।