सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलको दोस्रो सेमिफाइन खेल अबरुद्ध भएको छ ।
बुटवल उपमहानगरपालिका १० स्थित रामनगर खेल मैदानमा पहिलो सेटको खेल सुरु हुँदा त्रिभुवन आर्मी र मनिमुकुन्दबीचदुबै टोलीले २–२ अंक बनाएको अवस्थामा खेल अवरुद्ध बनेको हो । मौसममा आएको प्रतिकुलताका कारण शितलहर भएपछि मैदान खेल्न योग्य हुन सकेन । चिप्लिएर खेलाडीहरु घाईते हुन सक्ने भन्दै आयोजकले आजकालागि खेल रद्ध गरेको हो ।
अबरुद्ध खेल भोली पुनःसुचारु हुनेछ । खेल रद्ध भएपछि टिकट काटेर खेलहेर्न पुगेका दर्शहरुले पैसा फिर्ता हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए । आयोजकले आज काटेको टिकटबाट भोलीको खेल हेर्न सकिने बताएपछि दर्शक साम्य बनेका थिए ।
मंगलबार नै भएको पहिलो सेमिफाइनलमा गुजरात स्टेटलाई ३–१ को सेटमा हराउँदै पुलिस फाईनलमा पुगेको छ ।