सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ३ खेलका अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीसहितको टोलीलाई नगद पुरस्कार प्रदान गरेका छन् ।
राखेपको सिफारिस र युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नेपालमा भएको साफ महिला फुटबल च्याम्पियनसिप, चीनमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पियनसिप र भुटानमा भएको काभा बिच भलिबल प्रतियोगिताका पदक विजेतासहितको टोलीलाई नेपाल सरकारका तर्फबाट ओलीले कूल १ करोड १ लाख ४० हजार नगदबाट पुरस्कृत गरेका हुन् ।
साफ महिला फुटबल च्याम्पियनसिपको रजत विजेता २३ खेलाडीसहित २८ सदस्यीय टोलीलाई ७४ लाख ६० हजार रुपैयाँ, २० औं एसियाली सिनियर कराते च्याम्पियनसिपका पदक विजेता समान १–१ खेलाडी र प्रशिक्षकलाई ७ लाख ८० हजार तथा काभा बिच भलिबल प्रतियोगिताका पदक विजेता ४ खेलाडी र १ प्रशिक्षक गरी ५ जनालाई १९ लाख नगद पुरस्कार प्रदान गरिएको छ ।