ADD FOR WEBSIDE ADD FOR WEBSIDE

बहस नसकिएपछि सन्दीपको पुनरावेदन हेर्दाहेर्दैमा

मंगलबार, जेठ १, २०८१


काठमाडौँ :  उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मंगलबार हेर्दा हेर्दैमा राखेको छ ।

 
पटक पटक स्थगित हुँदै आएको सुनुवाई न्यायधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासमा मंगलबार नै शुरु भएको थियो । एकै दिनमा सुनुवाई सक्नेगरी अदालती समयभन्दा पछिसम्म बहससमय दिएपनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको अदालत प्रशासनले जनाएको छ । अब यो मुद्दा बुधबार यसै इजलासमा सुनुवाई हुनेछ ।
मंगलबारको सुनुवाईमा सरकारका तर्फबाट सहन्यायधीवक्ता रत्न केशरी महर्जन र उपन्यायधीवक्ता प्रकाश घिमिरेले बहस गरेका थिए । 
सन्दीपको प्रतिरक्षा बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, रामनारायण विडारी, कृष्ण सापकोटा, सरोजकृष्ण श्रेष्ठ, मुरारी सापकोटा र रोशनी पौडेल लगायत उत्रिएका थिए । उनीहरुले लामिछाने निर्दोष भएको र गौशाला २६ सँग जबरजस्ती नभई सहमतिमै शारिरिक सम्बन्ध राखेको दाबी गरेका छन् । पीडित भनिएकी गौशाला २६ को तर्फबाट दुइ कानून व्यवसायीले बहस गरेका थिए ।


जिल्ला अदालत काठमाडौंले लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएपछि त्यसविरुद्ध लामिछाने र सरकारी वकिल दुवैपक्ष उच्च अदालत पुगेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्