karate championship karate championship

मुलपानी रंगाशाला बनाउन पैसा जुटाउन सरकारलाई निर्देशन

बुधबार, पुस २४, २०८१

काठमाडौँ :संसदीय समितिले मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित मन्त्रालयका सचिवसँग भएको छलफलपछि समितिले मुलपानीमा क्रिकेट रंगशालाका लागि स्रोत सुनिश्चितताका लागि निर्देशन दिएको हो ।

सरकारले आर्थिक वर्ष २०८०-८१ कै नीति तथा कार्यक्रममा दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुनेगरी मुलपानी र कीर्तिपुर रंगशाला स्तरोन्नती गर्ने घोषणा गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्