sonam sonam

कुशल मल्ल र रोहित पौडेलको वरियतामा सुधार

बुधबार, पुस २४, २०८१

काठमाडौँ :नेपालका कुशल मल्लले आसीसी टि–२० अलराउण्डरतर्फको वरियतामा सुधार गरेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले जारी गरेको पछिल्लो वरियतामा मल्लले एक स्थान सुधार गरेका हुन् । यसअघि ४८ औँ स्थानमा रहेका मल्ल एक स्थान माथि उक्लदैँ ४७ औँ स्थानमा आईपुगेका छन् ।

कप्तान रोहित पौडेलले पनि एक स्थान सुधार गर्दै ५६ औँ स्थानमा आईपुगेका छन् । टि–२० अलराउण्डरतर्फ करण केसीको भने वरियता खस्किएको छ ।

यसअघि ७५ औँ स्थानमा रहेका केसी नयाँ वरियतामा ७६ औँ स्थानमा छन् । कुशल भुर्तेललेको भने वरियता यथावत रहेका छन् । उनी ५४ औँ स्थानमा रहेका छन् ।

शिर्ष स्थानमा भारतका हार्दक पाण्ड्या तथा दोस्रो स्थानमा नेपालका दिपेन्द्र सिं ऐरीको पनि वरियतामा परिवर्तन भएको छैन ।
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्