सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भारत विरुद्धको एक दिवशीय महिला क्रिकेटमा आयरल्याण्डले जितका लागि २३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
भारतको सौराष्ट्र क्रिकेट रंगशालामा टस जितेर सुरुवाती ब्याटिङ थालेको आयरल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २३८ रन बनायो । उसकालागि कप्तान गेब लुईसले सर्वाधिक ९२ रनको योगदान गरिन् ।
लेआ पलले ५९ तथा अर्लीन केलीले २८ रन बनाईन् । भारत भ्रमणमा रहेको आयरल्याण्ड महिलाटोलीले घरेलु टोलीसंग तीन ओटा एक दिवशीय खेल्नेछ ।
दोस्रो खेल पर्सी आईतवार तथा अन्तिम खेल बुधवार हुनेछ ।