ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेलमा नेपाल फिल्डिङमा

मंगलबार, जेठ १, २०८१


काठमाडौँ : नेपाली क्रिकेट टोलीले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेलमा फिल्डिङ रोजेको छ ।
विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले टस जितेपछि कप्तान रोहित पौडेलले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले विनवार्ड्स भोलक्यानोजविरुद्ध ३ खेल खेल्नेछ । मे १६ र १८ मा अभ्यास खेलसंगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।
२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्ने नेपाल क्रिकेटद संघ क्यानले बताएको छ । नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ विश्वकप वार्म अप खेल खेल्नेछ ।


नेपालको विश्वकप टोलीमा रहेका १५ मध्ये कमल सिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल र अविनाश बोहोरा मंगलवार प्लेइङ ११ बाट बाहिर रहेका छन् ।
नेपालको प्लेइङ ११ :
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, सागर ढकाल
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्