sonam sonam

एक दिवशीय महिला क्रिकेट : भारतसंग हार्‍यो आयरल्याण्ड

शुक्रबार, पुस २६, २०८१

काठमाडौँ :आयरल्याण्डविरुद्धको महिला एक दिवशीय क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ ।

आजभएको पहिलो खेलमा आयरल्याण्डमाथि ६ विकेटको जित निकाल्दै भारतले तीन खेलको श्रृखंलामा १–० को अग्रता बनाएको छ । जितकालागि आयरल्याण्डले दिएको २३९ रनको लक्ष्य भारतले ३४.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

भारतको जितमा प्रतिका रावलले सर्वाधिक ८९ रनको योगदान गरिन् । तेजल हसब्निसले ५३ तथा कप्तान स्मृति मंधनाले ४१ रन बनाईन् ।

त्यसअघि भारतको सौराष्ट्र क्रिकेट रंगशालामा टस जितेर सुरुवाती ब्याटिङ थालेको आयरल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २३८ रन बनाएको थियो । उसकालागि कप्तान गेब लुईसले सर्वाधिक ९२ रनको योगदान गरिन् । लेआ पलले ५९ तथा अर्लीन केलीले २८ रन बनाईन् ।

भारत भ्रमणमा रहेको आयरल्याण्ड महिलाटोलीले घरेलु टोलीसंग तीन ओटा एक दिवशीय खेल्नेछ । दोस्रो खेल पर्सी आईतवार तथा अन्तिम खेल बुधवार हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्