सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :सर्बियाली स्टार टेनिस खेलाडी नोभाक जोकोभिचले आफुलाई विष खुवाईएको दाबी गरेका छन् ।
जनवरी २०२२ मा अष्ट्रेलियामा आफूलाई विष दिइएको उनको दाबी छ । कोरोनाविरुद्धको खोप नलगाएको कारण जोकोभिचलाई २०२२ को अस्ट्रेलियन ओपनमा भाग लिनप्रतिबन्ध लगाइएको थियो । उनले अस्ट्रेलियन ओपन २०२२ अघि यात्राका क्रममा कागजातहरुमा गलत जानकारी उल्लेख गरेका थिए । जसका कारण उनलाई मेलबर्नमा हिरासतमा राखिएको थियो । त्यसपछि भिसा रद्द गर्दै उनलाई अष्ट्रेलियाबाट फिर्ता पठाईएको थियो ।
कानुनी कार्यवाहीको क्रममा उनलाई मेलबर्नको एक होटलमा राखिएको थियो त्यसबेला नै आफुलाई विष दिइएको उनको दाबी छ । २४ पटकका ग्रान्ड स्लाम च्याम्पियन जोकोभिचले जीक्यू सँग कुरा गर्दै भनेका छन् । मलाई केही स्वास्थ्य समस्या भइरहेको महसुस गरेँ । मेलबर्नको त्यो होटलमा मलाई विषाक्त खाना खुवाइएको थियो । जब म सर्बिया फर्किएँ, मलाई निकै गार्हो बनाएको थियो । मैले यो कुरा सार्वजनिक रूपमा कसैलाई कहिल्यै भनिनँ, तर मेरो शरीरमा भारी धातुहरूको मात्रा धेरै रहेको थाहा भयो। मेरो शरीरमा सिसा थियो, सिसा र पाराको मात्रा धेरै थियो ।
वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपन सुरु हुनुभन्दा अगाडि उनले यो दाबी गरेका हुन । अस्ट्रेलियन ओपन २०२५ जनवरी १२ मा सुरु हुनेछ ।
जोकोभिच २४ ग्रान्ड स्लाम जित्ने पहिलो खेलाडी हुन्। जोकोभिचले २००८ मा अस्ट्रेलियन ओपनमा आफ्नो पहिलो ग्रान्ड स्लाम जितेका थिए । उनले २०२३ सम्म १० पटक यो उपाधि जितिसकेका छन् ।
जोकोभिचले ३ पटक फ्रेन्च ओपन र ४ पटक यूएस ओपन जितेका छन् । उनी ७ पटकका विम्बल्डन च्याम्पियन पनि हुन् ।