सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटका लागी टोलीको घोषणा गरेको छ ।
एपिएफले आज इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान बर्मासंगै रोमा थापा,ममता चौधरी,राजमती ऐरी,कबिता जोशी,साबित्रा मगर,बिनुबुढा मगर र रेखा रावल रहेकी छन् ।
यस्तै सवनम राई,करुणा भण्डारी,निशा भट्ट,सुमन विष्ट,नगिता पुन र सञ्जु लामा टोलीमा अटाएका छन् । माघ १ देखि १२ गतेसम्म हुने प्रतियोगिता धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।
एपिएफले माघ १ गते कर्णाली प्रदेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । प्रतियोगितामा एपिएफसंगै नौ टोलीले सहभागिता जनाउनेछन् । नौ टोलीलाई दुई समुहमा बिभाजन गरिएको छ ।
समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपिएफ छन् भने समूह ‘बी’ मा बागमती, मधेश, कोशी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब रहेकाछन् ।