सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को नयाँ सचिवमा असमका पूर्व विकेट किपर देवजित सैकिया निर्वाचित भएका छन् ।
गत डिसेम्बर १ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को अध्यक्षमा नियुक्त भएपछि जय शाहले उक्त पद छाडेका थिए । सैकियाले त्यसको कार्यबहाकको जिम्मेवारी सम्हाल्दै आए पनि हाल उनले पुर्ण जिम्मेवारी पाएका हुन ।
असमका देवजित सैकियाले क्रिकेट, कानून र प्रशासनलाई समेट्ने विविध पृष्ठभूमिमा काम गरिसकेका छन। उनी एक पूर्व प्रथम श्रेणी क्रिकेटर, साइकियाले विकेट किपरको रूपमा १९९० र १९९१ बीचमा चार खेल खेलेका थिए । उनले ५३ रन बनाएर नौ विकेट लिएका थिए । २८ वर्षको उमेरमा कानुनी अभ्यासमा लागेका उनले गुवाहाटी उच्च अदालतमा वकिलको रूपमा लामो समयसम्म काम समेत गरे ।
बीसीसीआईको कोषाध्यक्षमा प्रभतेज सिंह निर्वाचित भएका छन् ।