ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अभ्यास खेलमा नेपाललाई १९७ रनको लक्ष्य

मंगलबार, जेठ १, २०८१

काठमाडौँ : विन्डवार्ड आईसल्याण्ड भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेलमा नेपालले जितका लागि १९७ रनको लक्ष्य पाएको छ । टी–२० विश्वकपको तयारीका लागि अमेरिकाको सेन्ट भिन्सेन्ट पुगेको पाहुना टोली नेपालले टस जितेर  फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको विन्डवार्ड आईसल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनायो ।

उसकालागि डिलन डगलसले अर्धसतक प्रहार गर्दै सर्बाधिक ५० रनको योगदान गरे ।

नेपालले विनवार्ड्स भोलक्यानोजविरुद्ध ३ खेल खेल्नेछ । मे १६ र १८ मा अभ्यास खेलसंगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।

२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ क्यानले बताएको छ ।

नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ विश्वकप वार्म अप खेल खेल्नेछ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २२:२१
प्रतिक्रिया दिनुहोस्