सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :यु–१९ महिला टि–ट्वान्टी विश्वकप अघिको अभ्यास खेलमा नेपाल वेष्टईण्डिजसंग पराजित भएको छ ।
मलेसियामा भएको पहिलो अभ्यासमा नेपाल वेष्टइण्डिजसंग ९ रनले पराजित भएको हो । जितकालागि वेष्टइण्डिजले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो ।
नेपालकालागि सिमाना केसीले सर्वाधिक २३ रनको योगदान गरिन् । किरण कुँवर र कप्तान पुजा महतोले समान १८ रन जोडिन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । उसकालागि कप्तान समरा रमनाथले सर्वाधिक २५ रन बनाइन् । असाबी क्यालेन्डर २३ जोडिन् ।