shabhapati cup shabhapati cup

प्रधानमन्त्री कप महिला क्रिकेट :सुदुरपश्चिम र एपिएफ बिजयी

मंगलबार, माघ १, २०८१

काठमाडौँ : प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटमा सुदुरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफले बिजयी सुरुवात गरेका छन् ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा सुुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटको हराउँदा कर्णाली विरुद्ध एपिएफले १११ रनको फराकिलो जित निकालेको छ । जितकालागि एपिएफले दिएको १८३ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ७१ रन मात्र बनाउन सक्यो ।

उसकालागि दिक्षा पुरीले सर्वाधिक १७ रन बनाईन् । रमा बुढाथोकी र गौरी बोहराले समान १० रन बनाईन् । बिमला बुढाथोकी र सोभिका शाहीले ८ रन बनाईन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको एपिएफले निर्धारित ओभरमा एक विकेटको क्षतिमा १८२ रन बनाएको थियो । उसकालागि ममता चौधरीले ७८ रन बनाईन् । कप्तान इन्दु वर्माले ५२ तथा राजमति ऐरीले २२ रन बनाईन् । उसले ३० रन अतिरिक्त पाएको थियो ।

त्यसअघि भएको पहिलो खेलमा गण्डकीले दिएको ५६ रनको लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्दै ७ विकेटको जित निकालेको थियो ।सुदूरपश्चिमका लागि रेवती धामीले अविजित २१ रन बनाइन् । गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले सामन एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ थालेको गण्डकी प्रदेशले १५ ओभरमा सबै विकेट गुमाउँदै ५५ रन मात्रै बनाएको थियो । खराब मौसमका कारण खेल पाँच ओभर घटाइएको थियो ।

गण्डकीकी रेखा तामाङले सर्वाधिक १३ रन बनाइन् । कप्तान सिर्जना पौडलले १० रनको योगदान दिइन् । अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । सुदूरपश्चिमकी रेवती धामीले सर्वाधिक चार विकेट लिइन् । जानकी थापा र ऋतु कनौजियाले समान एक विकेट हात पारिन । 


 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्