ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अमेरिकामा नेपाल विजयी,आईसल्याण्ड ४ विकेटले  हार्‍यो

मंगलबार, जेठ १, २०८१

काठमाण्डौ :नेपाली क्रिकेट टोलीले विन्डवार्ड आईसल्याण्ड भोलक्यानोजविरुको मैत्रीपूर्ण टी–२० अभ्यास खेलमा विजयी सुरुवात गरेको छ । अमेरिकाको सेन्ट भिन्सेन्टमा मंगलबार राती भएको खेलमा नेपालले  विन्डवार्ड आईसल्याण्डविरुद्ध ४ विकेटको जित निकालेको हो ।

जितका लागि १९७ रनका लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ७० रनको योगदान गरे । कुनै समय हारको स्थितमा पुगेको नेपाललाई दिपेन्द्र सिं ऐरी र सोमपाल कामीको जोडीले जित दिलाए । अर्धसतक प्रहार गरेका ऐरी ५२ तथा कामी ३५रनमा अविजित रहे ।

१९.२ ओभरमा १९३ रनको अवस्थामा रहेको नेपालका लागि सोमपालले चौका प्रहार गर्दै जित दिलाए ।आशिफ शेखले ३० , अनिल शाहले ५ तथा गुल्शन झाले २ रन जोडे । कप्तान रोहित पौडेल र सन्दीप जोराले खाता नै खोल्न सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको  विन्डवार्ड आईसल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनायो । उसकालागि डिलन डगलसले अर्धसतक प्रहार गर्दै सर्बाधिक ५० रनको योगदान गरेका थिए । जितसंगै नेपालले विनवार्ड्स भोलक्यानोजविरुद्धको ३ खेलमा श्रृखंलामा १–० को अग्रता बनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २३:५५
प्रतिक्रिया दिनुहोस्