सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :एन्फा महिला राष्ट्रिय लिग फुटबलमा एपिएफ क्लबले बागमतीविरुद्ध फराकिलो जित निकालेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा डिफेण्डिङ च्याम्पियन्स एफिएफले सर्लाहीको बागमती बिरुद्ध ६–० को फराकिलो जित निकालेको हो । एपिएफको जितमा सबिता रानामगरले सर्वाधिक दुई गोल गरिन् ।
प्रिति राई र सरु लिम्बुले एक–एक गोल गरिन् । दुई गोल एपिएफले आत्मघाती स्वरुप उपहार पाएको थियो ।