shabhapati cup shabhapati cup

यू–१९ महिला टी–२० विश्वकप : नेपाल स्कटल्याण्डसंग पनि हार्‍यो

सोमबार, माघ ७, २०८१

काठमाडौँ : यू–१९ आईसीसी महिला टी–२० विश्वकपमा नेपालले लगातार दोस्रो हार भोगेको छ ।

पहिलो खेलमा बंगलादेशसँग पराजय भोगेको नेपालले आज भएको  दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित हुन पुगेको हो । नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्याण्डले ८ बल बाँकी छँदै पुरा गर्यो ।

स्कटल्याण्डको जितमा पिप्पा स्प्राउलले सर्वाधिक ३५ तथा ग्याब्रियला फोन्टेन्लाले १२ रन जोडिन् ।

त्यसअघि मलेसियामा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ तथा सावित्री धामीले १० रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

जितसँगै स्कटल्यान्डले सुपर सिक्समा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । निकै दबाबमा रहेका बेला नेपाली फिल्डरहरुको लापरबाहीका कारण १७ औं ओभरमै खेल हालबाट गुमेको हो ।
 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्