सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी यु–१९ महिला विश्वकप क्रिकेटमा श्रीलंकाले लगातार दोस्रो जित निकालेको छ ।
आज भएको खेलमा वेष्टइण्डिजलाई ८१ रनले हराउँदै श्रीलंकाले दोस्रो जित निकालेको हो । जितसंगै चार अंक जोडेको श्रीलंका समुह 'ए' को शिर्ष स्थानमा उक्लिएको छ । जितकालागि श्रीलंकाले दिएको १६७ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले १९.४ ओभरमा सवै विकेट गुमाउँदै ८५ रनमा समेटियो । उसकालागि कप्तान समारा रामनाथले सर्वाधिक २४ रनको योगदान गरिन् ।
जहजारा क्लाक्सटनले १५ तथा केनिका कासारले १२ रन बनाईन् । त्यसअघि बायोमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाएको थियो ।
श्रीलंकाको जितमा संजना कविन्दीले सर्वाधिक ३८ रनको योगदान गरिन् । मानुडी नानयक्काराले ३७ तथा दहमी सानेत्माले ३१ रन बनाईन् ।