सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ ।
आज भएको पहिलो खेलमा कोशी प्रदेशमाथि ९ विकेटले हराउँदै आर्मी सुपर फोरमा पुगेको हो । हुस्सुका कारण ढिला सुरु भएको खेल ७ ओभरमा छोट्याइएको थियो ।
कोशीले दिएको ३७ रनको लक्ष्य पछ्याएको आर्मीले चार बल बाँकी रहँदा एक विकेट गुमाएर ४० रन बनायो । आर्मीकी ओपनर सम्झना खड्काले अविजित रहँदै सर्वाधिक ३२ रन बनाइन् ।
त्यसअघि धनगढीको कैलालीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कोशीले निर्धारित सात ओभरमा पाँच विकेट गुमाउँदै ३६ रन बनाएको थियो । कोशीकी सम्मृति कटुवालले सर्वाधिक १४ रन बनाइन् ।