सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेमाथि कार्बाहीको डण्डा चलाएको छ ।
जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका सन्दीपलाई क्यानले आचारसंहिता उल्लङ्घनको आरोपमा क्यानले लामिछानेलाई कारबाही गरेको हो ।
क्यानले उनलाई एक खेल खेल्न प्रतिबन्ध समेत लगाएको छ । अम्पायरको निर्णयको आलोचना गर्नु क्यानको आचारसंहिताको उल्लङ्घन मानिन्छ ।
क्यानको आचारसंहिताको २.७ को उल्लङ्घन गरेको पाइएकाले उनीमाथि एक खेलमा प्रतिबन्ध लाग्ने छ । क्यानले उनीविरुद्ध स्पष्टिकरण समेत सोधेको छ । सन्दीपले सामाजिक सञ्जालमा समर्थन गर्ने प्रशंसकहरूप्रति आभार व्यक्त गरेका छन् । यद्यपि, यो प्रकरणपछि कतिपयले उनले सन्यास लिने अड्कलसमेत गरेका थिए ।
पछिल्लो समय उनले व्यक्तिगत कारणले मोबाइल नम्बर परिवर्तन गरेको र केही दिन ह्वाट्सएप खुला रहने जानकारी समेत दिएका छन् ।