ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल :

अन्तिम खेलमा दिल्लीले लखनाउलाई हरायो

प्लेअफ पुग्न निकै कठिन 
बुधबार, जेठ २, २०८१

काठमाडौँः ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा  दील्ली क्यापीटल्सले लखनाउ सुपर जायन्टसमाथि रोमाञ्चक जित निकालेको छ । अरुण जेट्ली स्टेडियममा मंगलवार राती भएको खेलमा दल्लीले लखनउलाई १९ रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको दिल्लीले २०८ रन बनाएको थियो । जवाफमा लखनउको टोलीले १८९ रन मात्रै बनाउन सक्यो । लखनाउकालागि निकोलस पुरनले सर्बाधिक ६१ तथा अर्शद खानलले अविजित ५८ रन बनाए । ३३ बलको सामना गर्दै उनले ३ चौका र ५ छक्का प्रहार गरे । दिल्लीका लागि अभिषेक पोरेलले ५८ रन बनाए । उनले ३३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

स्टब्सले अविजित ५७ रन बनाए । दिल्लीको यहि अन्तिम खेल समेत हो । दिल्लीले १४ खेल खेलेको छ । जसमध्ये ७ मा जित र ७ खेलमा हार ब्यहोरेको छ । खेल जितेपनि दिल्लीका लागि प्लेअफ पुग्न निकै कठिन छ ।

दिल्लीले अब  प्लेअफमा पुग्न अन्य टोलीको प्रदर्शनमा निर्भर हुनेछ  भने  नेट-रन रेटले पनि  फरक पार्ने देखिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०४:५८
प्रतिक्रिया दिनुहोस्