सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिकाले सान्त्वना जित निकालेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आज भएको आफ्नो अन्तिम खेलमा वालिङले बागमती युवा क्लबविरुद्ध ३–१ को जित दर्ता गरेको हो । वालिङको जितमा सुस्मा तामाङले उत्कृष्ट प्रदर्शन गरिन् ।
वलिङको जितमा सुस्माले ह्याट्रिक गोल गरिन् । बागमतीका लागि सारा लिम्बुले एक गोल फर्काईन ।
जितका बाबजुत वालिङ भने यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ ।