sonam sonam
यू–१९ महिला विश्वकप क्रिकेट

अस्ट्रेलियालाई हराउनै पर्ने दबाबमा नेपाल

बुधबार, माघ ९, २०८१

काठमाडौँ :यू–१९ आइसीसी महिला विश्वकप क्रिकेटमा नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

ADD FOR WEBSIDE

यसअघिका दुई खेलमा लगातार हार बेहोरेको नेपाल आज अस्ट्रेलियालाई हराउँदै सुपर फोरमा पुग्ने झिनो सम्भावना जीवितै राख्न चाहन्छ । समूह 'डी' को अन्तिम स्थानमा रहेको नेपाललाई जित निकाल्न भने त्यति सजिलो छैन ।

समूह 'डी'मै रहेको अस्ट्रेलिया लगातार दोस्रो जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा छ । अस्ट्रेलियाले खेलेका दुवै खेलमा जित निकाल्दै चार अंक सहित समूह 'डी'को शीर्ष स्थानमा छ ।

दुई खेलमध्ये एकमा जित र एकमा हार निकालेको बंगलादेश दुई अंक सहित समूह 'डी'को दोस्रो तथा स्कटल्यान्ड दुई अंक सहित तेस्रो स्थानमा रहँदा नेपाल चौथो स्थानमा रहेको हो ।  

यस अघि जनवरी १८ मा भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा भने स्कटल्यान्डसँग जितिसकेको खेल नेपालले गुमाउन पुग्यो स्कटल्यान्डसँग नेपाल एक विकेटले पराजित भएको थियो । नेपाल र अस्ट्रेलियाबीचको खेल दिउँसो सवा १२ बजे मलेसियामा हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्