sonam sonam

अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

बुधबार, माघ ९, २०८१

काठमाडौँ :यु–१९ आइसीसी महिला विश्वकप क्रिकेटमा अस्ट्रेलियाले नेपालसामु जितकालागि १४० रनको लक्ष्य दिएको छ ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३९ रन बनायो ।

उसकालागि क्याभिलहेम ब्राले सर्वाधिक ४५ रन जोडिन् । ३४ बल देलेकी उनले ३ चौका र ३ छक्का हिर्काईन् । एलेनोर लारोसाले ३१ तथा हसरत गिलले ३० रन बनाईन् ।

नेपालकी पुजा महत्तोले सर्वाधिक ३ विकेट लिईन् । सीमाना केसीले दुई तथा रिया शर्माले एक विकेट हात पारिन् ।

नेपालले सुरुवातमा अष्ट्रेलियालाई दबाबमा राखेपनि खेलको मध्ययममा आईपुग्दा कसिलो बलिङ खुकुलो बन्न पुग्यो ।


 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्